·
२०७१ मंसिर १६ गतेको मन्त्रिपरिषदको
निर्णय बाट सरकारले थप ६१ वटा नगरपालिका
घोषणा गरेको छ ।
·
योसँगै नेपालमा नगरपालिकाको संख्या १९१ पुगेको छ ।
·
सबै भन्दाबढि नगरपालिका भएको जिल्ला :
काठमाडौं [ ११ वटा ]
·
गाविसविहिन जिल्ला : २ वटा [ काठमाडौं र
भक्तपुर ]
·
पछिल्लोपटक ६१ नगरपालिका घोषणा
हुँदा 258 गाविस गाभिएका छन् ।
·
यसैपालि २३ नगरपालिकाको
क्षेत्रफल बिस्तार गर्दा थप ९१ गाविस नगरमा [ थप ७ उपमहानगरपालिकामा जम्मा ३४ वटा गाविस र पुराना १६ वटा नगरपालिकाहरुमा
जम्मा ५७ वटा गाविस ] गाभिएकाले गाविसको संख्या घटेको छ ।
·
अब देशभर गाविसको संख्या ३ हजार २ सय ७६ रहेका छन !
·
अब नेपालको कुल जनसंख्याको करीव ३७ [३६ दशमलव ८ ] प्रतिशत जनता
शहरबासी ।
·
थपिएका ६१ नगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंको बूढानीलकण्ठ
नगरपालिकामा छ ।(१ लाख ७ हजार ९ सय १८)
·
सबैभन्दा कम जनसंख्या इलामको देउमाई
नगरपालिकामा छ ।(१० हजार ९ सय ६४)
·
यो भन्दा अगाडि सरकारले २०७१ बैशाख २५
को निर्ण्यबाट ७२ वटा नगरपालिका थप गरेर नगरपालिकाको संख्या १३० पुर्याएको थियो ।
·
थप उपमहानगरपालिका संख्या : ७ वटा
·
जम्मा उपमहानगरपालिका संख्या : ११ वटा [ललितपुर, बिराटनगर, वीरगञ्ज पोखरा हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान ]
·
थप उपमहानगरपालिकामा गाभिएका जम्मा
गाविस संख्या : ३४ वटा
·
हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान
नगरपालिकालाई उपमहानगरपालिका घोषणा गरिएको
·
एउटै जिल्लामा २ वटा उपमहानगरपालिका
भएको जिल्ला : सुनसरी [ इटहरी र धरान ]