१. नेपालको संवैधानिक इतिहासमा "नेपालको अन्तरिम संविधान, २०६३" कति औं संविधान हो ? - छैटौं संविधान
२. नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सहित ८ दलका शीर्षस्थ नेताद्वारा कहिले हस्ताक्षर गरिएको हो ? - २०६३ पुष १ गते
३. नेपालको अन्तरिम संविधान, २०६३ प्रतिनिधि सभाद्वारा कहिले अनुमोदन गरिएको हो ? - २०६३ माघ १ गते
४. नेपालको अन्तरिम संविधान, २०६३ कहिलेदेखि लागू भएको हो ? - २०६३ माघ १ गते
५. नेपालको अन्तरिम संविधान, २०६३ मा कति भाग, धारा र अनुसूची रहेका छन् ? - २५ भाग, १६७ धारा र ४ अनुसूची
६. नेपालको अन्तरिम संविधान, २०६३ सँग बांझिने कानून बांझिएको हदसम्म के हुन्छ ? - अमान्य
७. नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित छ ? - नेपाली जनतामा
८. धार्मिक हिसावले नेपाल कस्तो राज्य हो ? - धर्म निरपेक्ष राज्य
९. नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक कुन हदसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्छ ? - निजको बाबु वा आमा फेला नपरेसम्म
१०. कुन समयसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रुपले बसोबास गर्दै आएको व्यक्तिले प्रचलित कानून बमोजिम जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था नेपालको अन्तरिम संविधान, २०६३ मा गरिएको छ ? - सम्वत् २०४६ साल चैत्र मसान्तसम्म