विविध जानकारी

सगरमाथाको बारेमा जानकारी ।
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो ।यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ | यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग
गाविसमा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो । पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ। कालापत्थरबाट देखिएको सगरमाथाको चुचुरो सगरमाथा शिखरमा सर्वप्रथम, सन१९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए । सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो। सगरमाथालाई रोमन संकेतचिहृन 'पिक १५' नाम प्रदान गरियो । विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी 'सगरमाथा' नाम राखिदिएका हुन ।उनले यस पर्वतको नेपाली नाम 'शारदा' नामक पत्रिकामार्फत गरेका थिए ।

नेपालबारे सामान्य जानकारी
नेपालको कूल छेत्रफल 1,47,181 वर्ग किलोमिटर छ । नेपालले विश्वको कूल छेत्रफलको 0.03 % र एसिया महादेशको 0.3 % भाग ओगटेको छ । नेपाल 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर तथा 26 डिग्री 22 मिनेट उत्तरी अछांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अछांशबीच अवस्थित छ । नेपालको औसत लम्बाई 885 किलोमिटर र चौडाई 193 किलोमिटर छ । यसको सबभन्दा बढी चौडाई 241 किलोमिटर र सबभन्दा कम चौडाई 145 किलोमिटर छ । नेपालको प्रामाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । यो प्रामाणिक समय ग्रिनवीच समय भन्दा 5 घण्टा 45 मिनेट छिटो छ । यो समय 2042 वैशाख 1 देखि लागू गरिएको हो ।

विश्व किर्तिमानमा नेपाल

  • विश्वको सर्वोच्च शिखर : सगरमाथा (8,848 मिटर )
  • विश्वको सर्वोच्च उचाइको धानखेती : जुम्ला जिल्लाको पतरासी गा.वि.स. को घुमचौर जिउलोमा गरिने " जुम्लि मार्सी " नामको धानखेती ( 2850 मिटर उचाइ ) 
  • विश्वको सर्वाधिक गहिरो गल्छी : म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पर्ने अन्नपुर्ण र धौलागिरी हिमालको बिचमा कालीगण्डकी नदीले बनाएको 6867 मिटर गहिरो गल्छी
  • विश्वको सर्वोच्च स्थानमा रहेको ताल : मनाङ जिल्लाको तिलिचो ताल ( 4919 मिटर उचाइ )
  • होचो उपत्यका : अरुण उपत्यका ( पूर्वमा 8586 मिटर अग्लो कञ्चनजंघा र पश्चिममा 8848 मिटर अग्लो सगरमाथाको बीचमा पर्ने उपत्यका )
  • विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज : सगरमाथा राष्ट्रिय निकुञ्ज
  • अद्वितीय चरा : काँडे भ्याकुर ( स्पाइनी ब्याबलर )
  • दुर्लभ च्याउ : ट्रयाफिना नेपालेन्सिस सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी : अरुण नदी
  • सर्वोच्च स्थानमा रहेको झरना : डोल्पा जिल्लास्थित सुलिगढ झरना ( 3613 मिटर उचाइमा )
  • सर्वोच्च स्थानमा रहेको बस्ती : डोल्पा जिल्लाको छार्का भोट र तराप बस्ती
  • सर्वोच्च स्थानमा रहेको होटल : सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित 12,713 फिट उचाइमा रहेको " होटल एभरेष्ट भ्यु "
  • विश्वको सर्वोच्च स्थानमा रहेको वैज्ञानिक प्रयोगशाला : पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको 5,050 मिटरको उचाइमा रहेको पिरामिड नामक वैज्ञानिक प्रयोगशाला
  • विश्वको सर्वाधिक उचाइमा पाइने फूल : स्टेलरिया डेकुम्बेन ( 6,492 मिटरको उचाइमा )
धरातलको आधारमा नेपालको वर्गीकरण
* धरातलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ? - 3 ( हिमाल,पहाड र तराई )
* हिमाली प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ? - 4877 मि - 8848 मिटरसम्म
* हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ? - 15 प्रतिशत
* हिमाली प्रदेशमा कति जिल्ला पर्दछन ? - 16 जिल्ला
* हिमाली प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ? - मुख्य हिमालय , भित्री हिमालय र सिमान्त हिमालय
* पहाडी प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ? - 610 मि - 4877 मिटरसम्म
* पहाडी प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ? - 68 प्रतिशत
* पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ? - 39 जिल्ला
* पहाडी प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ? - 3 ( सिवालिक श्रेणी , महाभारत पर्वत र मध्यभूमि )
* तराई प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ? - 70 मि - 610 मीटर
* तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ? - 17 प्रतिशत
* तराई प्रदेशको फैलावट कति छ ? - 25-30 किलोमिटरसम्म

नेपालको भुगोल सम्वन्धी जानकारी
१. क्षेत्रफलको हीसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा (७८८९ वर्ग कि मि ) हो ।
२. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल कर्णाली (२१३५१‌)))) )वर्ग कि मि) हो ।
३. सवैभन्दा सानो जिल्ला भक्तपुर ११९ वर्ग की मि हो । 
४.दक्षिणबाट उ-तरतिर बहने नदी कर्मनाशा हो ।
५.सवैभन्दा बढी जिल्लास‌ग सिमाना जोडिएको जिल्ला सिन्धुली हो ।
६. धरान धनकुटा राजमार्गलार्इ मदनभण्डारी राजमार्ग पनि भनिन्छ ।
७. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिका हो ।
८. सप्तकोशी नदी विहारको करसेलामा पुगेपछि गगापामा मिसिन्छ ।
९. महेन्द राजमार्गले छुने पहाडी जिल्लाहरु अर्घाखाँची र मकवानपुर हुन् ।
१०. माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल राराताल हो।

यि नेपालका राजा कसरी मरे ?
१.राज्य प्रकाश मल्ल --६ प्रधानद्वारा दुवै आँखा झिकिएर
२. भुपालेन्द्र मल्ल-- तिर्थगर्न जाँदा वाटोमा
३.अभय मल्ल --भुकम्पमा परेर
४.प्रताप मल्ल --हरिसिद्धिको नाच हेर्दाहेर्दै
५.विश्वजित मल्ल --परस्त्री संसर्गको आरोपमा तलेजुको ढोकामा काटिएर
६.योगनरेन्द्र मल्ल --तमाखुमा विष परेर
७. भाष्कर मल्ल --प्लेगरोगको महामारीमा परेर
८.रण वहादुर शाह --आफ्नै भाई शेरवहादुरवाट तरवारले काटिएर
९.राजेन्द्र विरविक्रम शाह --राजवन्दीको रुपमा हनुमानढोका दरवारमा
१०.विरेन्द्र विरविक्रम शाह र दिपेन्द्र विरविक्रम शाह --राजदरवार हत्याकाण्डमा गोलि लागेर


१. व्यासीहरुले लगाउने लुगालाई के भनिन्छ ? चुङवाला
२. तेन्याचिरिस पर्व कुन जातिले मनाउछ्न ? ल्होमन्थाङ निवासी लोपा जाति
३. सम्बोधन गर्दा एकाअर्कालाई तामाङ भन्ने चलन कुन जातिमा छ ? थकाली
४. माहिलो छोरा भिक्षु बन्नुपर्ने चलन कुन जातिमा छ ? ल्होपा
५. छेवा भन्नाले के भुझिन्छ ? शेर्पाहरुको श्राद्ध
६. शपथ खादा दुबो र ढुंगो लिएर शपथ खाने चलन भएको जाति कुन हो ? लिम्बु
७. सुध्दयाई गर्दा चौतारी बनाउने चलन कुन जातिमा छ ? लिम्बु
८. पोल्दोक शब्द कुन जाति सङ्ग सम्बन्धित छ ? जिरेल
९. ट्रटोहे पर्व कुन जातिले मनाउने पर्व हो ? गुरुङ
१०. `दशै नाच´ कुन जातिले मनाउछ्न ? सतार

सम्पति शुद्धिकरण
सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४मा उल्लेख भएअनुसार कर छली वा आतंककारी क्रियाकलाप वा अन्य गैरकानूनी क्रियाकलापबाट आर्जन गरिएको सम्पत्तिको श्रोत लुकाउने वा त्यस्तो सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई कानूनी कारवाहीबाट बचाउने उद्देश्यले त्यस्तो सम्पत्ति लुकाउन, रुपान्तरण गर्न वा स्थानान्तरण गर्न कसैलाई मद्दत गरेमा सम्पत्ति शुद्धिकरण गरेको मानिनेछ । ऐनले कुनै पनि बैंक तथा वित्तीय संस्था तथा गैर वित्तीय संस्थाहरुले कुनै पनि व्यक्ति वा संस्थासँग व्यवसायिक सम्बन्ध स्थापित गर्दा नेपाल राष्ट्र बैंकले समय समयमा तोकेको ढाँचामा तोकिएका कागजातहरु प्राप्त गरी त्यस्ता व्यक्ति तथा संस्थाको स्पष्ट रुपमा पहिचान गर्नुपर्ने व्यवस्था गरेको छ । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार तथा आतंककारी क्रियाकलापहरुमा लगानीका विरुद्ध कार्य गरिरहेको अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफ ए टी एफ) सँग आबद्ध एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (ए पी जी)को सदस्य रहेको नेपाल यस सम्बन्धी न्यूनतम मापदण्ड पुरा नगरेको कारण जोखिमपूर्ण अवस्थाबाट गुज्रीसकेको छ । एशिया प्यासिफिकका ४१ देशहरु सक्रिय सदस्य रहेको ए पी जीका सदस्य राष्ट्रहरुले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापहरुमा लगानीका विरुद्ध गरिएका अन्तराष्ट्रिय सन्धिहरुको पालना गर्नुपर्ने, यस सम्बन्धी विधेयक बनाइ लागू गर्नुपर्ने र यस कार्यलाई रोक्न एक संयन्त्र स्थापना गर्नुपर्ने तथा समय समयमा बस्ने एपीजीको बैठकबाट पारित निर्णयहरुको कार्यान्वयनमा सहयोग पु¥याउनुपर्ने व्यवस्था रहेको छ । यसै व्यवस्था अनुरुप नै नेपाल सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ लागू गरी वि.स. २०६८मा संशोधित व्यवस्था पनि लागू गरिसकेको तथा नेपाल राष्ट्र बैंकले संशोधित ढाँचाको ग्राहक पहिचान(केवाइसी) लिनुपर्ने निर्देशन जारी गरेको हो । यसै ऐनमा व्यवस्था गरिएअनुसार वि.सं.२०६८ आसाढ ३१ मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग गठन गरिएको छ । नेपाल राष्ट्र बैंकले २०६९ माघ २६ गते सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाइ निर्देशन जारी गरी नयाँ ग्राहकहरुलाई तत्काल र पुराना ग्राहकहरुका हकमा २०७० आषाढ मसान्त भित्र नयाँ एवं संशोधित ढाँचाको ग्राहकको पहिचान (केवाइसी) लिइसक्नुपर्ने निर्देशन जारी गरिसकेको छ । सो अनुसारको समयसीमा बितिसक्दा पनि बैंक तथा वित्तीय संस्थाहरुमा केवाइसी अद्यावधिक गर्ने कार्य जारी नै रहेको पाइएको छ । यसका निम्ति बैंक तथा वित्तिय संस्थाहरुले ग्राहकहरुलाई विवरण नबुझाएमा खाता बन्द गर्ने आशयका पत्रहरु पनि पठाउने गरेका छन् भने केहीले विवरण नबुझाए सम्बन्धित ग्राहकको चेक भुक्तानी रोक्ने गरेको पनि पाइएको छ । सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ले बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहक पहिचान सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । यसै अन्तर्गत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका निम्ति ग्राहक पहिचान गर्नका निम्ति नयाँ तथा संशोधित ढाँचाको ग्राहक पहिचानको व्यवस्था गरेको हो । संशोधित ढाँचामा उल्लेख भएअनुसार ग्राहकको विस्तृत विवरण बाहेक ग्राहकका एकाघरका सदस्यहरुको समेत विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । साथै एकाघरका सदस्यहरुको नागरिकता प्रमाणपत्रको फोटोकपी पनि बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्दा उपलब्ध गराउनुपर्नेछ । परिवारका कुनै सदस्य मुलुक बाहिर भएमा सो व्यहोरा विवरणमा उल्लेख गर्न सकिन्छ । त्यस्तै मृत्यु भइसकेका परिवारका सदस्यहरुको विवरण उल्लेख गर्नु आवश्यक छैन । यस्तो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका ग्रामिण क्षेत्रका तथा सामान्य बचतकर्ताहरुलाई केही असजिलो अनुभव गराएपनि सम्पत्ती शुद्धिकरण रोक्ने नेपाल राष्ट्र बैंकको उद्देश्यमा केही सहयोग भने पुग्ने देखिन्छ । साथै यस व्यवस्थाले गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा खाता संख्या बढाउने होडबाजीमा भने केही कमी आएको छ । यसबाहेक नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा प्रत्येक दिन दश लाख वा सो भन्दा बढीको कारोबारको विवरण अनिवार्य रुपमा पठाउनुपर्ने व्यवस्था गरेको छ । यस्ता विवरणहरुबाट पनि दैनिक रुपमा दश लाख वा सो भन्दा बढीको कारोबार गर्ने व्यक्तिलाई निगरानी राख्नसकिने अवस्था देखिन्छ । केवाइसीको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकबारे विस्तृत जानकारी लिनु नै हो । बैंकमा खाता संचालन गर्ने ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने उद्देश्यले यो व्यवस्था विश्वभरी लागू गरिएको पाइएको भएपनि यो निकै चुनौतिपूर्ण रहेको छ ।

के हो आर्थिक अपराध ?
सरल भाषामा भन्नुपर्दा कानुनले नगर्नु भनेको काम गर्नुलाई अपराध भनिन्छ । त्यसर्थ आर्थिक अपराध पनि एउटा अपराध कै एउटा स्वरुप हो । अपराधका आर्थिक र राजनैतिक सामाजिक वा अन्य उदेश्यहरु हुन्छन् । जसमध्ये आर्थिक उदेश्यका लागी गरीने अपराधलाई आर्थिक अपराध भनिन्छ । आर्थिक अपराध अन्तर्गत विभिन्न प्रकारका अपराधिक कार्यहरु समावेश गरीएका हुन्छन् जो आर्थिक लाभको खातिर गरीएका हुन्छन् । आर्थिक अपराधमा विभिन्न किसिमका अपराधहरु समावेस हुने भएकाले आर्थिक अपराधलाई अपराधको एउटा छमता शब्दको रुपमा लिइन्छ । जसमा विभिन्न व्यापारीक, औद्योगिक र सँगठित गतिविधिबाट हुने आपराधहरु सम्मिलित भएका हुन्छन् । यस्तो अपराध गैरकानुनी रुपमा नाफाको अभिप्रायले भएको हुन्छ । वास्तबमा कानुनले निषेधित गरीएको तरीका अपनाएर वा कानुनको प्रतिकूल हुने गरी सम्पति आर्जन गर्ने कार्य नै आर्थिक अपराधको रुपमा लिइन्छ । जुन हामैो देशमा पनि दिनानु दिन बढ्दै गइरहेको पाइन्छ । 
कस्ता–कस्ता छन त आर्थिक अपराधका स्वरुपहरु ?
१. मुद्रा निर्मलीकरण 
असुद्ध धनलाई शुद्ध धनमा रुपान्तरीत गर्ने कार्यलाई मुद्रा निर्मुलीकरण भनिन्छ । मुद्रा निर्मलीकरणकै माध्यमबाट अवैधानिक तरीकाबाट आर्जित आयलाई कानूनी आयको रुपमा परिवर्तित गरीन्छ । मुद्रा निर्मलीकरण यस्तो अपराधिक क्रियाकलाप हो जसले अपराधिक र गैर कानुनी आयबाट आर्जित आयलाई नाटकिय रुपमा कानूनी आय दिइन्छ । 
नेपालमा अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति सुद्धिकरण गर्ने कार्यलाई निवारण गर्ने उदेश्यले सम्वत्ति सुद्धिकरण निवारण ऐन २०६४ प्रचलनमा रहेको छ । यो अपराभ अन्र्तराज्यीय हुने भएकाले अपराध जन्य कार्यबाट आर्जित सम्पति जुनसुकै उपाय वा माध्यमबाट स्थानान्तरण गर्ने जहाँसुकैका जुनसुकै व्यक्तिलाई पनि यो एन लागु हुने व्यबस्था यो ऐनले गरेको छ ।
२.कम्प्युटर अपराध 
प्रविधि अपराध नियण्त्रणका लागि वरदान र अभिसाप दुबै रुपमा रहेको छ । यसले एकातिर कानुन कार्यान्वयन अधिकारीलाई कार्यसम्पादनमा सहयोग पु¥याएको छ भने अर्को तर्फ अपराधिहरुले प्रविधिको प्रयोग गरी आफ्ना अपराधिक क्रियाकलापलाई विस्तार गरेका छन् । इन्टरनेटको प्रयोगले अपराधिलाई झनै सहयोग पुगेको छ । कम्प्युटर अपराधमा कम्प्युटर पिरुद्ध लक्षित अपराध जस्तै ः डाटा, सुचना, क्रेडिकार्ड, पासवर्ड नष्ट गर्ने, भाइरसको प्रयोग गरी सुचना प्रविधि विनास गर्ने, कम्प्युटरलाई माध्यम बनाई गरीने अपराध जस्तै ठगी, विभिन्न खाताको पैसा पठाएर चोरी, पासवर्डको ब्यापार किर्ते, जालसाज आदि पर्दछन् । 
कम्प्युटर प्रविधिबाट विभिन्न विभिन्न किसिमका आर्थिक अपराध हुने हँुदा अपराधको कुरा गर्दा कम्प्युटर अपराधलाई विर्सन सकिदैन् ।
३. बौद्धिक सम्पति सम्बन्धी अपराध 
व्यक्तिको ज्ञान, सिप, बल, आदिबाट सृजित अभौतिक बस्तु कानुन द्धारा संरक्षण गरीन्छ । यस क्रममा टे«डमार्कको नक्कल गर्नु, चोर्नु, अर्काको लेख रचनामा हु–बहु कपि गर्नु आदि जस्ता अपराधहरु बौद्धिक सम्पति सम्बन्धी अपराध अन्तर्गत पर्दछन ।
४. जाली नोट र मुद्रासँग सम्बन्धित अपराध
नेपालमा नेपाली रुपैया र भारतिय रुपैयाको जालिनोट बनाउने अपराध बढीरहेको पाउछौं । प्रविधिको विकास सँगै यो अपराध बढ्दै गरेको पाइन्छ । सामान्य रुपमा भन्नु पर्दा नक्कली पैसा छपाउने वा यसको कारोवार गर्ने अपराधहरु जाली नोट र मुद्रासँग सम्बन्धित अपराध अन्तर्गत पर्दछन् ।
५. भ्रष्टचार
भ्रष्टचार पनि आर्थिक अपराध अन्तर्गत नै पर्दछ । भ्रष्टचार नेपालमा पनि सर्बव्यापक छ । यो कुनै क्षेत्र वा मुलुकमा मात्र सिमित हुँदैन । यो विश्व व्यापि समस्या हो ।
६. मानव बेचबिखन र लागु औसध
मानव बेचबिखन र लागु औसध अपराधलाई पनि आर्थिक अपराध अन्तर्गत नै लिइन्छ । आर्थिक उदेश्यले मानव बेचबिखन तथा लागु औसध कारोबार गरीने भएकाले यस किसिमको अपराधलाई आर्थिक अपराधको रुपमा लिइन्छ । नेपालमा मानब बेचविखन विरुद्धको ऐन, २०६४ पहिलेको जीउँ मास्ने बेच्ने ऐन, २०४३ लाई पैतिस्थापन गरी प्रचलनमा छ भने लागु–औषध नियण्त्रण ऐन,२०३३ पनि प्रचलनमा रहेको छ ।
७. ठगी
आर्थिक रुपमा विभिन्न किसिमले ठगी गर्नुलाई पनि आर्थिक अपराध अन्तर्गत नै लिइन्छ । यसमा चोरी, डकैति, लुटपाट तथा झुम्याएर आर्थिक ठगी गर्ने अपराधहरु पर्दछन् । यस बाहेकका व्यापारीक र कर छली तथा राजश्व चुहावट, सेयर बजार सँग सम्बन्धित कायैहरु आदि आर्थिक अपराध अन्तर्गत पर्दछन् ।
नेपालमा आर्थिक अपराध नियण्त्रण गर्ने कानुनी संरचनाहरुः

  • सम्पति शुद्धिकरण निबारण ऐन, २०६४
  • बैंक तथा बित्तिय सँस्था सम्बन्धी ऐन, २०६३
  • बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४
  • भन्सार ऐन, २०६४
  • मूल्य अभिबृद्धि कर ऐन, २०५२
  • वैदेशिक रोजगार ऐन, २०६४
  • मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४
  • मुलुकी ऐन, २०२०
  • राजश्व चुहावट(अनुसन्धान तथा नियण्त्रण) ऐन, २०५२
  • लगू औषध नियण्त्रण ऐन, २०३३
  • नेपाल राष्ट्र बैंक ऐन, २०५८ 
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
  • अन्तशुल्क ऐन, २०५८
  • भ्रष्टचार निवारण ऐन, २०५९
  • आयकर ऐन, २०५८ (आदी)
नेपालमा आर्थिक अपराध नियण्त्रण सँग सम्बन्धित सँस्थागत संरचना

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • नेपाल प्रहरी
  • राजश्व अनुसन्धान विभाग
  • सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग
  • राजश्व सँग सम्बन्धित निकायहरु
अभियोजन सँग सम्बन्धित निकायहरु

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • महान्याधिवक्तको कार्यलय
  • सरकारी वकिल कार्यालयहरु
  • राजश्व अनुसन्धान विभाग
न्याय निरुपणसँग सम्बन्धित निकायहरु 

  • सर्वोच, पुनरावेदन र जिल्ला अदालत
  • विषेश अदालत 
  • राजश्व न्याधिकरण
  • राजश्वसँग सम्बन्धित निकायहरु
सकारात्मक विभेद भन्नाले केलाइ जनाउछ ?
सकारात्मक विभेद (positive discrimination) भनेको सामाजिक र आर्थिकरुपले पछाडी परेका बर्गलाई राज्यका खासगरी रोजगारी र शिक्षालगायतका सेवाहरुमा विशेष प्राथमिकता पर्दान गर्ने पद्धति हो । सकारात्मक विभेदको सिद्धान्त समानताको सिद्धान्तभन्दा भिन्न हुन्छ । समानताको सिद्दान्त अनुसार जातजाति , भाषा , लिङ्ग , धर्म नहेरी सबैलाई समान अबशर प्राप्त हुन्छ र यसबाट सबैले समान लाभ प्राप्त गर्न सक्दैनन तर सकारात्मक बिभेद्को सिद्धान्त अनुसार अधिकार र अबसरबाट वन्चित वर्ग लाई बिशेष प्राथमिकता उपलब्ध हुन्छ | खसगरी महिला र अल्पसन्ख्यक जातिय समुदाय सकारात्मक बिभेद्को फाईदा उठाउन सक्ने मुख्य बर्ग हुन |अल्पसङ्ख्यक धार्मिक र भाषिक समुदाय तथा अपाङ्ग पनि यसका लक्षित वर्ग हुन।
सकारात्मक बिभेद्को अबधारणा १९६० को दशकमा संयुक्त राज्य अमेरिकाबाट बिकसित भएको मानिन्छ, जतिखेर त्यहाका अश्वेत जतिहरुको अधिकारको आन्दोलन नयाँ उचइमा पुगेको थियो ।
सकारात्मक विभेदको परिचय

  • विगतमा असमानता अन्याय ,दमन र उत्पिडनमा परेका नागरिकहरुलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्नका लागि कानूनद्धारा लक्षित समुदायलाई प्रदान गरिने विषेश व्यवस्थालाई नै सकारात्मक विभेद भनिन्छ । यसलाई विगतको भेदभावको वर्तमान परिणाम अर्थात Present effect of past discrimination को रुपमा पनि लिने गरिन्छ ।
  • राज्यद्धारा प्रदान गरिने सेवा सुविधा र लाभको अवसरहरुबाट वञ्चित वर्ग वा समुदायलाई विशेष लाभ पुग्ने गरि समता कायम गर्न गरिने पक्षपात ,भेदभाव नै सकारात्मक विभेद हो । विभेद नै भएपनि सकारात्मक कार्यका लागि हुने भएकोले यसलाई Positive Action का रुपमा लिइन्छ । यसलाई Affirmative action , Positive discrimination आदि नामले संबोधन गरिएको पाईन्छ ।
  • सकारात्मक विभेद समाजमा आर्थिक, समाजिक, सांस्कृतिक,शैक्षिक, एवं व्यवसायिक रुपमा पछाडी परेका वर्ग, सम्प्रदाय वा समूहको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक एवं व्यावसायिक अवस्था सुधार्न राज्यद्धारा गरिने विशेष व्यवस्था हो ।
  • यसले समाजका कमजोर एवं पछाडि परेका वर्ग , सम्प्रदाय वा समूहको अवस्था सुधार्ने सकारात्मक उदेश्य लिएको हुन्छ । सकारात्मक विभेद वास्तविक समानता कायम गर्ने एक प्रमुख साधन वा माध्यम हो ।
SEZ भनेको के हो ?


SEZ को पूरा रुप Special Economic Zone हो । जसको नेपाली रुप ‘विशेष आर्थिक क्षेत्र’ हो । निर्यातजन्य उद्योगको स्थापना गरी मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनका लागि राज्यले विशेष महत्वका साथ तोकेको निश्चित क्षेत्रलाई विशेष आर्थिक क्षेत्र भनिन्छ । निर्यातजन्य उद्योग स्थापनाका लागि नेपाल सरकारले सेज स्थापनाको नीति बनाएको छ । निर्यातजन्य उद्योग सञ्चालन गर्न देशका विभिन्न १४ ठाउँमा सेज स्थापना गर्ने सरकारी योजना छ । सोही क्रममा सिमरामा धमाधम निर्माण कार्य भइरहेको छ। नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा विशेष आर्थिक क्षेत्र हो । २०७१ मंसिर ३ गते उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योगमन्त्री महेश वस्नेतले संयुक्त रुपमा भैरहवा विशेष आर्थिक क्षेत्र उद्घाटन गरेका हुन् । भैरहवामा खाद्य तथा कृषिजन्य उद्योग, हर्बल, छालाका, तयारी पोसाक, गलैँचा तथा ऊनका सामान, पस्मिना तथा रेशम, हाते कागजका वस्तु, हस्तकला तथा गरगहना, धातुजन्य उद्योग, स्पोर्टस्वेयर, गहना तथा बहुमूल्य पत्थर, प्लास्टिक उत्पादन होजियरी, एसेम्बल्ड इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल उत्पादन, सूचना प्रविधि उद्योग र पेय पदार्थसमेत गरी १७ थरी उद्योग स्थापना हुने भनिएको छ भने कूल १५ हजारले रोजगारी पाउँने, १० अरबभन्दा बढी लगानी हुने, देशभरिका कूल उद्योगको ३ प्रतिशत सेजमा रहने र हालको तुलनामा १० प्रतिशत निर्यातमा थपिने अनुमान रहेको छ । औद्योगिक क्षेत्रको विकासमा यो नयाँ सुरुवात हुनसक्ने उद्दमीहरुको अनुमान छ । यसले स्थानीय स्रोतको उपयोग हुने हुँदा निर्यात अभिवृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्न सक्छ।’ सेजको मूख्य उद्देश्य निर्यात हो । व्यापार घाटा न्यूनिकरणका लागि यो एक योजना भए पनि सम्बन्धित कार्यविधि बाहेक सञ्चालन तथा नियमनका लागि ऐनको अभाव रहेको छ ।
-----------------------------------------------------------------------------------------------------
नेपालका संग्रहालयहरू
१. लेप्चा संग्रहालय :- इलाम                 
२. सर्प संग्रहालय :- झापा
३. तामाङ संग्रहालय:- रसुवा                   
४. चेपाङ संग्रहालय :- चितवन
५. थारू संग्रहालय :- चितवन र बर्दिया 

६. जनजाति संग्रहालय :- भृकुटिमण्डप
७. जुद्द जातिय कला संग्रहालय :- छाउनी, काठमाडौँ
८. राष्ट्रिय मुद्रा संग्रहालय :- छाउनी, काठमाडौँ
९. राष्ट्रिय फुटबल संग्रहालय :- सानेपा, ललितपुर
१०. राष्ट्रिय काष्ठकला संग्रहालय :- पुजारी मठ भक्तपुर
११. राष्ट्रिय धातुकला संग्रहालय :- पाटन दरवार स्क्वायर
१२. राष्ट्रिय कला संग्रहालय :- भक्तपुर दरबार स्क्वायर
१३. राष्ट्रिय संग्रहालय :- छाउनी, काठमाडौँ
१४. सैनिक संग्रहालय :- छाउनी, काठमाडौँ
१५. प्राकृतिक विज्ञान संग्रहालय :- स्वयम्भु, काठमाडौँ
१६. राष्ट्रिय लोकबाजा संग्रहालय :- त्रिपुरेश्वर, काठमाडौँ
१७. गुरूङ संग्रहालय :- घलेगाउँ लमजुङ/ कास्की
१८. पुतली संग्रहालय :- पृथ्वीनारायण क्याम्पस, पोखरा
१९. माछा संग्रहालय :- फेवाताल, पोखरा
२०. गोर्खा संग्रहालय :- कास्की, पोखरा
२१. अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय :- कास्की, पोखरा
२२. जटायु रेष्टुरेन्ट :- नवलपरासीको पिठौली गाविस