१८ औं सार्क शिखर सम्मेलन–केही जानकारी


  • वि.सं २०७१ मंसिर १० र ११ (Nov 26-27) मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनको नारा "शान्ति र संवृद्धिका लागि गहन सम्मेलन" रहेको छ 
  • 18औं सार्क सम्मेलनले 36 बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ l
  • 18 औं सार्क सम्मेलनमा ८ स्थायी सदश्य राष्ट्रका अलावा ८ राष्ट्र र युरोपियन
  • युनियन समेत गरी ९ वटा पर्यबेक्षक समूह रहेका छन । पर्यवेक्षकको रुपमा रहने राष्ट्रहरु चीन, अष्ट्रेलिया, इरान, दक्षिण कोरीया, मौरसिस, म्यानमार,अमेरीका र जापान हुन ।
  • १८ औ सार्क सम्मेलनमा भाग लिन आएका सरकार/राष्ट्र प्रमूखहरु मध्य एकमात्र महिला सहभागी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद हुन ।
  • १८ औ सार्क सम्मेलनको अध्यक्षता नेपालका प्रधानमन्त्रि सुशिल
  • कोइरालाले गरेका थिए । १७ औ सार्क सम्मेलनको अध्यक्षता गरेका माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल गयले कोइरालालाई अध्यक्षता हस्तान्तरण गरेका थिए ।
  • १८ औ सार्क सम्मेलनको उदघाटन नेपालका प्रधानमन्त्रि सुशिल कोइरालाले सन
  • २०१४ नोभेम्वर २६ (२०७१ मंषिर १०) काठमाण्डौको सिटी हल (राष्ट्रिय सभागृहमा) गरेका थिए ।
  • १८ औ सार्क सम्मेलनको उदघाटनसत्रमा पहिलो मन्तव्य १७औ सार्क सम्मेलनदेखिका अध्यक्षको हैसियतले माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल गयले दिएका थिए । त्यसपछि बर्तमान आयोजकको हैसियतले अध्यक्षता नेपालका प्रधानमन्त्रि सुशिल कोइरालामा हस्तान्तरण भइ दोश्रो मन्तव्य कोइरालाले दिएका थिए । उदघाटनसत्रमा तेश्रो मन्तव्य आगामी १९औ सार्कको आयोजकको हैसियतले पाकिस्तानी प्रधानमन्त्री मोहम्मद नवाज सरिफले गरेका थिए । त्यसपछि बांकी सदश्य राष्ट्रका सरकार/राष्ट्र प्रमूखहरुले बर्णानुक्रमानुसार मन्तव्य दिएका थिए ।
  • 19 औँ सार्क शिखर सम्मेलन 2 वर्षपछि सन् 2016 मा पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।