१३ औं योजना सम्बन्धी छाेटाे जानकारी

योजनाबद्ध विकास र चालु आवधिक योजनाको सामान्य जानकारी 
राष्ट्रले कुनै निश्चित अवधिमा देशमा उपलब्ध स्रोत र साधनलाई सुनियोजित ढङ्गले राष्ट्रिय आवश्यकताको प्राथमिकता निर्धारण गरी क्रमबद्ध गरिने विकासात्मक कार्यलाई विकास योजना भनिन्छ ।
विश्वमा योजनाबद्ध विकासको शुरुवात गर्ने पहिलो राष्ट्र रुस हो । सन् 1928 मा पापतिलेका नामबाट रुसमा संचालित योजनाबद्ध विकास कार्यले सफलता प्राप्त गरेपछि अन्य मुलुकले पनि आर्थिक विकासको माध्यमको रुपमा अपनाउन थालेको पाईन्छ ।
नेपालमा राणाकालमा जुद्ध शमशेरले घोषित 20 वर्षे योजना घोषणामा मात्र सिमित भयो र अन्य प्रयासहरुले पनि सफलता पाउन सकेनन् । यसै क्रममा 2007 सालमा प्रजातन्त्रको उदयसँगै प्रधानमन्त्री टंक प्रसाद आचार्यको पालामा वि.स. 2013 देखि नेपालमा योजनाबद्ध आर्थिक विकासको क्रम शुरु भयो ।
नेपालमा हालसम्म पञ्च वर्षीय र त्रिवर्षीय गरी जम्मा 13 वटा योजनाबद्ध विकासका कार्यहरु प्रयासरत छन् । दोस्रो, 11, 12 औँ र 13 औँ त्रिवर्षीय हुन् भने बाँकि 9 सबै पञ्च वर्षीय हुन् । तयारीको अभावमा 2018 2046 को राजनैतिक परिवर्तनको कारण 2047/48 तथा 2048/49 सालहरु योजनाविहिन(Plan holiday) रहे ।
चालु आर्थिक वर्षमा तेह्रौँ त्रिवर्षीय योजना 2070/71 - 2072/73 सञ्चालनमा रहेको छ ।
नेपालमा हाल सम्मका योजनाहरुको उद्देश्यहरु - राष्ट्रिय उत्पादन दरमा वृद्धि गर्ने, पूर्वाधारहरुको वृद्धि गर्ने, रोजगारीका अवसर बढाउने, र प्रत्यक्ष जनताको जिवनस्तर उकास्ने जस्ता रहेका छन् । भौतिक तथा सामाजिक पूर्वाधार विकासमा झिनो उपलब्धि हासिल भएता पनि देशमा गरिबी निवारणा, दिगो आर्थिक विकास, आर्थिक स्थाइत्व र प्रतिव्यत्ति आय जस्ता पक्षमा खास सफलता हासिल हुन सकेको छैन । नेपाल अझै पनि अतिकम विकसित राष्ट्रको रुपमा रहेको छ ।
चालु त्रिवर्षीय योजना सहस्राब्दी विकास लक्ष्य, SAARC का विकासका लक्ष्य, दिगो विकास, मानव अधिकार एवं जलवायु परिवर्तन लगायतका अन्य अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका प्रतिबद्धतालाई सम्बोधन गर्दै हरित अर्थतन्त्रलाई प्रवर्द्धन गरी गरिबी न्यूनीकरण गर्नेतर्फ केन्द्रित छ ।
वि.स. 2079 सम्ममा नेपाललाई विकाशील राष्ट्रमा स्तरोन्नति गर्ने दिर्घकालीन सोच र देशमा व्याप्त आर्थिक तथा मानविय गरिबी घटाई आमजनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउने मुख्य उद्देश्य 13 औं योजनाको रहेको छ ।

चालु 13 औं योजनाका केहि लक्ष्यहरु :
गरिबीको रेखामुनि रहेको जनसंख्या 23.8 बाट 18% मा झार्ने ।
आर्थिक वृद्धिदर 3.5 बाट 6%, कृषि वृद्धिदर 1.1 बाट 4.5%, रोजगार वृद्धिदर 2.9 बाट 3.2%, औसत आयु 68.8 बाट 71 वर्ष, (15-24 वर्षको )साक्षरतादर 87.5 बाट 90, वनजङ्गलले ढाकेको क्षेत्र 39.6 बाट 40%, प्राथमिक तह खुद भर्नादर 95.3 बाट 100 % पुर्याउने र HDI अङ्क 0.508 प्राप्त गर्ने ।
जलविद्युतमा विकास गरी सन् 2027 सम्ममा जलविद्युतमा आत्मनिर्भर हुने ।
औद्यौगिक क्षेत्रमा वार्षिक 50 हजारका दरले 1 लाख 50 हजार रोजगारी सृजना गर्ने ।
----------------------------------------------------------------------------------------------------------
  • चालु तेह्रौँ योजना (२०७०/७१-२०७२/७३)मा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति पुर्याउने लक्ष्य राखिएको छ ?       -US $ 902
  •  हाल नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति रहेको छ ? -US $ 721
  •  तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले नेपाली जनताको अपेक्षित औसत आयु कति बर्ष पुर्याउने लक्ष्य राखेको छ ? -७१ बर्ष