नेपालको संविधान, २०७२ का विशेषताहरु


संविधानसभाको अत्यधिक मतबाट 2072/05/30 बुधबार नयाँ संविधान पारित भएको छ । नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्न ६५ वर्षदेखि पाल्दै आएको सपना अहिले पूरा भएको हो ।  ‘नेपालको संविधानअसोज ३ बाट लागू हुनेछ । उक्त दिन संविधानसभाले आयोजना गर्ने राष्ट्रिय समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीकरण गरेको संविधान राष्ट्रपति रामवरण यादवले जारी भएको घोषणा गर्नेछन् ।
 
वि.सं. २००४ को वैधानिक कानुनबाट सुरु भएको नेपालको संवैधानिक इतिहासमा यो छैटौं संविधान भए पनि सार्वभौम नेपाली जनताका तर्फबाट जारी हुन लागेको यो पहिलो सर्वोच्च कानुन हो । जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको यो संविधान नेपालको संवैधानिक इतिहासमा अतुलनीय छ,’ संविधान पारित गरेको बैठकपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, ‘अन्तरवस्तुका दृष्टिले यो सबभन्दा बढी प्रगतिशील र जनतामैत्री छ ।
संविधान निर्माणसँगै तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको दसवर्षे सशस्त्र संघर्ष अन्त्य गरी २०६३ बाट सुरु भएको शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको छ । नयाँ संविधानले राष्ट्र निर्माणदेखि नै कायम रहेको एकात्मक शासन प्रणालीको अन्त्य गरी सात प्रदेशको संरचनासहित संघीय शासन व्यवस्था स्थापित गरेको छ ।
नयाँ संविधानले २०६५ जेठ १५ देखि कार्यान्वयनमा आएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । जनआन्दोलन २०६२/६३ बाट पुन:स्थापित प्रतिनिधि सभाले जेठ ४ को घोषणामार्फत तत्कालीन राजसंस्थाका सम्पूर्ण अधिकार कटौती गरेपछि गणतन्त्र स्थापनाको प्रक्रिया सुरु भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा सहभागी हुन तत्कालीन माओवादीले सर्तका रूपमा अघि सारेपछि अन्तरिम संविधान संशोधनमार्फत घोषणा गरिएको गणतन्त्रको कार्यान्वयन २०६४ मा निर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले गरेको थियो ।
संविधानका विशेषताहरु यस्ता छन् :
–    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
–    
सार्वभौम र राजकीय सत्ता जनतामा
–    
सात प्रदेशको संघीय संरचना
–    
संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
–    
संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
–    
सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
–    
प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
–    
दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
–    
दुईतिहाइले संशोधन गर्न सकिने
–    
मिश्रित निर्वाचन प्रणाली
–    
केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
–    
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
–    
केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
–    
राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
–    
प्रदेशमा एक सदनात्मक संसद्
–    
७ प्रदेशमा कुल सांसद ५५०
–    
प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
–    
प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
–    
प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
–    
३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
–    
प्रदेशको सीमांकन संघीय आयोगले टंग्याउने
–    
प्रदेशको नामकरण प्रदेश संसदको दईतिहाइले गर्ने
–    
प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन हने ।
–    
संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
–    
प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
–     
एकीकृत न्यायपालिका
–    
केन्द्रमा सर्वोच्च अदालत
–    
सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
–    
प्रदेशपिच्छे उच्च अदालत
–    
साबिक जिल्लामा जिल्ला अदालत
–    
आमा वा बाबको नामबाट वंशजको नागरिकता
–    
धर्मनिरपेक्ष राष्ट्र
–    
धर्मनिरपेक्षताको व्याख्याधर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनपर्छ
–    
मधेसी, थारू, स्लिम, आदिवासी जनजातिका लागि छट्टाछट्टै आयोग
–     
सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
–    
राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
–    
जिल्ला प्रशासनिक इकाईका रूपमा रहने
–    जिल्लामा निर्वाचित जिल्ला सभा रहने
–    
सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पन:संंरचना गर्ने
–    
स्थानीय निकायमा अन्तरिम चनाव गर्ने संक्रमणकालीन व्यवस्था
–    
चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
–    
०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
–    
संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था
स्राेत : कान्तिपुर दैनिक