जानीराखाैं कि
- नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्लामा पर्दछ ।
- मोटरसाइकलका आविष्कारक गट्लिब डायमलर हुन भने हेलिकोप्टरका आविष्कारक इगोर सिकोर्स्की हुन ।
- तामाङ जातिको मृत्यु संस्कारलाई घेवा भनिन्छ जसमा १०८ वटा बत्ती (ग्याम्जा) बालिन्छ।
- लिम्बू जातिले नाच्ने नाच धान नाच हो भनें सोरठी नाच गुरूङ जातिले नाच्ने नाच हो।
- नेपाली साहित्यमा लाटो साथी भनेर विष्णुराज आत्रेय, भूतको भिनाजू भनेर बासुदेव लुइँटेल र चट्याङ मास्टर भनेर कृष्णमुरारी गौतम लाई चिनिन्छ ।
- विदेश सँग नेपालको पहिलो दौत्य (कूटनीतिक) सम्बन्ध सन् १९३४मा बेलायत सँग भएको थियो। त्यसपछि १९४७ अप्रिलमा अमेरिका र जुनमा भारत सँग सम्बन्ध कायम भयो। त्यसपछि १९४९मा फ्रान्स र १९५५मा चीन सँग सम्बन्ध स्थापित भएको थियो ।
- व्यंग्यचित्र (कार्टून)को सुरूवात नेदरल्याण्डबाट भएको हो ।
- विश्वमा पहिलो साइकल सन् १८६४मा फ्रान्सको पेरिसमा चढिएको थियो ।
- संस्कृत व्याकरणशास्त्री पाणिनीको जन्म अर्घाखाँचीमा भएको मानिन्छ ।
- नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल मोरङको विराटनगर विमानस्थल समुद्र सतहबाट ७२मी. उचाइमा अवस्थित हो भनें नेपालको सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल भने सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल हो जुन विमानस्थल समुद्र सतहबाट ३७४९मी. उचाइमा अवस्थित छ ।
- नेपालमा कफी खेतिका लागि प्रसिद्ध जिल्ला गुल्मी हो भने चिया खेतीका लागि प्रसिद्ध जिल्ला इलाम जिल्ला हो।
- विश्वमा हालसम्म ४२ वटा देशमा संविधान सभामार्फत संविधान बनेका छन् ।
- २०६७मा जीवन काँडा कि फूल नामक उपन्यासका लागि मदन पुरस्कार पाउने उपन्यासकी उपन्यासकार झमक कुमारी घिमिरेको जन्म धनकुटाको कचिण्डेमा भएको हो।
- राजा गुणकामदेवले कान्तिपुर शहरको निर्माण गर्दा प्रतिदिन रू १ लाख रूपियाँ खर्च गरी १८ हजार घरहरूको निर्माण गराएका थिए।
- काठमाडौंको नयाँसडक स्थित भूगोल पार्क विक्रम सम्बत १९९० सालको भुकम्पमा मारिएका १६ हजार ८७५ मानिसहरूको स्मृतिमा बनाइएको हो।
- नेपालमा विक्रम सम्बत १९६८ देखि जनगणना लिन सुरू भएको हो। १९७८ र १९८८मा भएका जनगणनामा नेपालको जनसख्या लगातार घटेको थियो। १९६८को ५६ लाख ३९ हजार जनसख्या १९८८मा ५५ लाख ३२ हजारमा झरेको थियो।
- पञ्चैबाजामा ट्याम्को, दमाहा, शहनाई, झ्याली र नरसिंहा पर्दछन् भनें नौमती बाजामा दुई शहनाई, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, करनाल र नरसिंहा पर्दछन्
- काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ।
- विश्वको छ वटा देशहरूमा अहिले सम्म इन्टरनेट सेवा जडान भएको छैन।
- एशिया महाद्वीपको जम्मा क्षेत्रफल चन्द्रमाको जम्मा क्षेत्रफल भन्दा धेरै छ।
- सबैभन्दा पहिले देवनागरी लिपिप्रयोग गरेर सामग्री पस्किने विकिपीडिया नेपाली विकिपीडिया हो।
- सप्तसिन्धुमा गंगा नदी, यमुना नदी, सरस्वती नदी, गोदावरी नदी, नर्मदा नदी, सिन्धु नदी, कावेरी नदी नदीहरू पर्दछन्।
- पञ्चमहापातकमा ब्रह्महत्या, सुरापान, चोरी, गुरूस्त्री गमन र यी महापातक संगको संगत जस्ता अपराधहरू पर्दछन्।
- फूलपातीका दिन भित्र्याउने नवपत्रिकामा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, र जयन्ती पर्दछन्।
- नेपालको इतिहासमा निम्न उपनामले यी राजाहरूलाई चिनिन्छ : सिमसिमे राजा- शिवसिंह मल्ल, अभागी राजा -जयप्रकाश मल्ल, सन्काहा राजा श्री ५ सुरेन्द्र, अयोग्य राजा- श्री ५ राजेन्द्र, बौलाहा राजा- लक्ष्मीनरसिंह मल्ल